नियम २४
पशुधनको मृत्यु भएमा वा अनुत्पादक भएमा जानकारी दिनु पर्ने
: सुरक्षणकर्ताले सुरक्षित पशुधनको मृत्यु भएमा सोको अठचालीस घण्टाभित्र र पशुधन अनुत्पादक भएको वा अनुत्पादक भएको शंका लागेमा तुरुन्त सम्बन्धित सदस्य संस्था र सम्बन्धित पशु सेवा कार्यालयको प्राविधिकलाई वा सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा सम्बन्धित समूहको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ ।